×

काठमाडौँ — नेपाल राष्ट्र बैंकले ५ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष ०७७र७८ मा स्थलगत सुपरिवेक्षणको आधारमा यी फाइनान्स कम्पनीहरुले तोकिएको मापदण्ड पुरा नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । ती फाइनान्स कम्पनीहरुलाई कारबाहीस्वरुप हर्जाना रकम तिराइएको छ ।

अनिवार्य मौज्दात कायम नगर्दा समृद्धि र गुडविल फाइनान्स कारबाहीमा परेका छन् । त्यस्तै तोकिएको दरमा विपन्न वर्गको कर्जा प्रवाह गर्न नसक्दा ललितपुर फाइनान्स ३ पटकसम्म कारबाहीमा परेको छ । विपन्न दरकै कर्जामा सिटी एक्सप्रेस फाइनान्स र जानाकी फाइनान्स कारबाहीमा परेका छन् । त्यस्तै ललितपुर फाइनान्स तोकिएको सिसिडी अनुपातमा मापदण्ड नपुग्दा पनि काराबाहीमा परेको छ ।

तपाईको प्रतिक्रिया