×

गैँडाकोट । नवलपुरको गोर्खा ब्रुअरीमा कार्यरत मजदुरहरु आन्दोलित भन्ने शिर्षकमा समचार प्रकाशन भएको प्रति उद्योगले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।कम्पनीमा कुनै खालको आन्दोलन नभएको र उद्योग नियमित रुपमा सञ्चालन भैरहेको गोर्खा ब्रअरीले जनाएको छ ।

नेकपा माओवादी केन्द्र निटकका मजदुर अगन्धर लामिछानेले कानून विपरित गएर काम गरेपछि उनलाई उद्योगले स्पष्टिकरण सोधेको गोर्खा ब्रअरीको दावी छ ।गोर्खा ब्रुअरीका प्रशासन प्रमुख समिर जोशीले लामिछानेले लामो समयको विदा मागेको र तत्काल कम्पनी सो विदा स्वीकृत गर्न नसकिने जनाएपछि लामिछानेले नियम विपरित गएर भिड जम्मा गरेको बताउनु भयो ।

लामिछाने एक महिना भन्दा बढि समय उद्योगमा विना जानकारी उपस्थित नभएपछि किन नआएको भन्ने आशयको पत्र स्पष्टिकरणका लागि पठाउदा समेत सो पत्र बुझ्न नमानेको उहाँले बताउनु भयो ।नियम बाहिर गएर आन्दोलन गर्नुको कुनै अर्थ नभएको भन्दै उहाँले चित्त नबुझे कानून बमोजिम अगाडी बढ्न सकिने भन्दै हुलहुज्जत गरेर निकास नआउने बताउनु भयो ।

तपाईको प्रतिक्रिया