×

गैँडाकोट । नेकपा एमाले गैँडाकाेटकाे १८ वटा वडाहरु मध्ये नगरका १३ वटा वडाहरुमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएकाे छ । नेकपा एमालेको गैँडाकोटमा १३ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिनुभयो ।

गैँडाकोट १ को अध्यक्षमा भरत अधिकारी चयन हुनुभएको छ ।त्यस्तै गैँडाकोट ४ को अध्यक्षमा नवराज पौडेल, गैँडाकोट ५ को अध्यक्षमा बिष्णुप्रसाद सापकोटा, गैँडाकोट ६ को अध्यक्षमा खिमानन्द सापकोटा, गैँडाकोट ७ को अध्यक्षमा मोती ढुङ्गाना चयन हुनुभएको छ ।

गैँडाकोट ९ को अध्यक्षमा जयराम कंडेल, गैँडाकोट ११ को अध्यक्षमा गुरुप्रसाद पौडेल, गैँडाकोट १२ को अध्यक्षमा शोभाखर सुवेदी, गैँडाकोट १३ को अध्यक्षमा ऋषिराम गौतम, गैँडाकोट १४ को अध्यक्षमा प्रकाश हमाल, गैँडाकोट १५ को अध्यक्ष सरिता गुरुङ, गैँडाकोट १६ को अध्यक्षमा रामकुमार पाण्डे र गैँडाकोट १७ को अध्यक्षमा बुद्धि गिरी चयन हुनुभएको छ ।सहमती कायम हुन नसकेका वडाहरुमा भाेलि र पर्सी सम्ममा नयाँ नेतृत्व चयन हुने एमालेले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया