×

गैँडाकाेट ।  नवलपुरको विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका – ५, लालेपुच्छर बस्ने ५० वर्षीय रुक बहादुर चौहान र उहाँकी श्रीमती ४५ वर्षीय डकुमाया चौहानको विनयी खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पाल्पा माथागढी ७ बाट घर फर्कने क्रममा विनयी खोलाले बगाई बेपत्ता भएका दुवै जनाको शव आज दिउसो विनयी त्रिवेणी गाउँपालिका, कुसुन्डे र लालेघाट स्थित विनयी खोलाको बिच भागमा ढुङगामा अड्केको अवस्थामा शव फेला परको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । पाल्पामा समेत उनिहरुको घर रहेको र पाल्पाबाट नवलपुर फर्किने क्रममा गएराति उनिहरुलाई खोलाले बगाएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया