×

धनकुटा ।  चौविसै गाउँपालिका-१ गढिरेमा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको छ। लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। पहिरोमा परेर घाइते भएका ६ जनामध्ये ३ जना गम्भीर रहेका छन्।

गएराति वर्षासँगै आएको पहिरोले घर पुरिँदा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीयाकी नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का ३९ वर्षीय संजीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपक कुमार रायाले जानकारी दिए।

घाइतेमध्ये भेषबहादुर श्रेष्ठ, लिला श्रेष्ठ र गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डीएसपी रायाले बताए। गम्भीर घाइतेसहित उषा श्रेष्ठ, संजाल श्रेष्ठ र चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्दार गरी उपचारको लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायाले बताए। घटनास्थल ६ नं। बुधवारे बजारमा रहेको प्रहरी चौकीदेखि ४ किलोमीटर दक्षिणमा रहेको छ।

तपाईको प्रतिक्रिया