चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनमा गठबन्धन हुने बताउनुभएको छ । आज शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने बताउनु भएको हो ।

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग चुनाव लड्ने कुरा गर्नुभएको छ नि भन्ने प्रश्नमा दाहालले भन्नुभयो “म तल्लोस्तरको विषयमा टिप्पणी गर्नै चाहन्न ।” नेपाली कांग्रेस अब चितवनमा गठबन्धनमा नजाने भन्ने कुरा छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो “गठबन्धन बनाएर नलड्ने स्वतन्त्रता सबैलाई छ । मलाई लाग्छ गठबन्धन हामीले जुन परिस्थितिमा बनायौं यो गठबन्धनलाई यहाँसम्म ल्यायौं। गठबन्धन भएर जान्छ । चितवन जस्तो जिल्लामा अझ बढी हामी समझदारीका साथ जान्छौं, मलाई विश्वास छ ।”

उहाँले राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसी पास नहुने बताउनुभयो । उहाँले राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसि पास हुनै नसक्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “राष्ट्रिय सहमति, परिमार्जन बिना एमसिसि पारित हुन सक्दैन ।”

मन्त्रीमण्डल विस्तारमा न्यायलयलाई भागवण्डा गरियो भन्ने गलत भएको उहाँको भर्नाइ छ । गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाईएको उहाँको भनाई छ । उहाँले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको बताउँदै अगाडि भन्नुभयो “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याईसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।”

सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको बताउनुहुँदै उहाँले अगाडि थप्नुभयो “सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै छ ।” यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाईने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो नयाँ कुरा होइन ।” पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा हुने गरेकोले मानिसहरुलाई त्यही भन्न मन लागेर भनेको उहाँको भनाई छ ।

नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको प्रसंदमा दाहालले संसद अवरुद्ध गर्ने नैति र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउनुभयो । दाहालले भन्नुभयो “पटक पटक संसद विघटन गर्नेलाई बरु संसद छोडेर जनतामा गए भयो, संसद चलाउन हामीलाई छाडिदिए भयो ।” संसद अवरोधमा कुनै तर्क, तथ्य नभएको भन्दै उहाँले भन्नुभयो “न कुनै नियम कानुन अनुकूल छ, उहाँहरुले देखाउनका लागि मात्रै, संसद विघटनलाई जायय पुष्टि गर्न मात्रै अवरोध गर्नुभएको छ ।”

तपाईको प्रतिक्रिया