चितवन  । भरतपुर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । अस्पतालले आज  (असोज १८ गते)  बाट बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि (फ्याम्लि मेडिसिन) सेवा शुरु गरेको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा।डा।कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट जिओपिडी परीक्षण शुरु गरिने छ । बिरामीलाई टिकट काटिसकेपछि लामो समय कुर्न नपरोस् भनेर यो सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार तीन वटा छुट्टै कक्षबाट यो सेवा शुरु गर्न लागिएको हो । यस अघि सञ्चालित ओपिडि सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन हुनेछ ।

जीओपिडिमा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरहरुले परीक्षण गर्नुहुनेछ । आवश्यकता अनुसार थप परीक्षण गर्नुपर्ने भएमा विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिएको उहाँको भनाई छ । प्रा।डा। पौडेलले भन्नुभो “यो व्यवस्था विकसित मुलुकहरुमा छ । नेपालका केही अस्पतालमा पनि लागू भएको छ ।” अस्पताल आउने आधाभन्दा बढी बिरामी सामान्य समस्याका र नियमित खानुपर्ने औषधि बीमाबाट खरिद गर्नका लागि ओपिडिमा आउने गरेको बताउँदै उहाँले भन्नुभयो “यसबाट अस्पतालको सेवा छिटोछरितो हुनेछ ।”

 

तपाईको प्रतिक्रिया