×

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले आज अवैध भन्सार छली चोरी पैठारीमा संलग्न १ वटा पिकअप र पिकअप चालक सहित १२ लाख ३८ हजार ७ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । आज बिहान ०७:०० बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको एक्सिड बल्ब ३०० पिस अन्दाजी ६ हजार मुल्य बराबरको ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउंपालिका वडा नं.२ भक्सिपुर  स्थितबाट बरामद गरेको हो । उक्त सामान पैदल ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस भागेका थिए ।

त्यसैगरी बिहान अं. ०७:०० बजेको समयमा अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको साडी १२ पिस, जामा ७ पिस, कुर्ता २६ पिस, बुट्टे साडी १३ पिस, थान कपडा ६३ मिटर, सुरवाल १०पिस, सल ५ पिस, चप्पल ३५ जोर, सुकमेल ३५ प्याकेट लगायतका सामानहरु अन्दाजी १ लाख १ हजार २ सय ५० मुल्य बराबरको ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं.४  स्थितबाट वेवारिसे अवस्थामा बरामद गरेको हो ।

त्यसैगरी बिहान अं. ०८:०० बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको लेडिज चुन्नी २९५ पिस र  सुन राख्ने डब्बा ७९५ पिस अन्दाजी ३ लाख १६ हजार ७ सय ५० मुल्य बराबरको सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउंपालिका वडा नं.२ भक्सिपुर  स्थितबाट बरामद गरेको हो । उक्त सामान मोटर साईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान  फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।

त्यसैगरी दिउँसो अं. १४:०० बजेको समयमा अवैध रुपमा लुकाई छिपाई राखेको ४० बोरामा १००० के.जी हरियो मटर (केराउ अन्दाजी ९० हजार मुल्य बराबरको) प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं.६ सडक खण्डबाट वेवारिसे अवस्थामा बरामद गरेको हो ।

त्यसैगरी दिउँसो अं.१४:०० बजेको समयमा भारतबाट नेपाल तर्फ लु १ ज ३४८८ नं. को पिकअपमा भन्सार छली ल्याउदै गरेको तयारी सर्ट कपडा ३२१ पिस अन्दाजी २ लाख  २४ हजार ७ सय मुल्य बराबरको र उल्लेखित पिकअप र पिकअप चालक समेतलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं. ३ पिपरामौवा स्थितबाट बरामद गरेको छ । पिकअप गाडीको अंन्दाजी ५ लाख गरी जम्मा अन्दाजी ८ लाख १४ हजरा ७ सय मुल्य बराबरको रहेको छ ।

बरामद १ पिकअप तथा पिकअप चालक सहित उल्लेखित सम्पुर्ण मालसामानहरु आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको छ ।

तपाईको प्रतिक्रिया