चितवन । पशुपतिमा बाबालाई खुकुरी हानेको आरोपमा भरतपुरका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।आज बिहान प्रहरीले काठमाडौंको हेपाली हाइटबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिका जगतपुर नयाँ बस्ती घर भएका लामिछाने गत सोमबार बिहान पशुपतिमा एक बाबामाथि खुकुरी प्रहार गरी भागेको आरोप छ ।
पशुपति बस्दै आएका सन्तोष बाबालाई विश्वरूपा जाने बाटो छेउको झाडीमा खुकुरी प्रहार भएको थियो । शौचालय जाँदै गरेका उनलाई ताराबहादुरले ‘माल (गाँजा ) निकाल’ भनेको प्रहरीले जनाएको छ । तर आफूसँग नभएको बताएपछि उनले पेटमा खुकुरी हानेर फरार भएका थिए।

तपाईको प्रतिक्रिया