गोविन्द घिमिरे
नवलपुर । नवपरासी पूर्वको गैँडाकोट नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड कला र साहित्यको संरक्षण तथा संम्वर्धन गर्न लागि परेको छ ।वि.स. २०५२ सालमा स्थापना भएको किसान बचतले सामाजिक उत्तरदायित्व अन्र्तगत कला साहित्य तथा स्थानीय प्रतिभाहरुको प्रर्वधन गर्नका लागि किसान ग्यालरी नाम दिएर आफ्नै प्रर्दशनी हलको समेत व्यवस्था गरेको छ ।

गत फागुन ४ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको किसान ग्यालरीमा साहित्य र सृजनासँग सम्वन्धीत विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले किसान ग्यालरीमा स्थानीय तथा राष्टिय स्तरका १७ जना चित्रकारका सामुहिक चित्रकाला प्रर्दशनी अहिलेपनि भैरहेको बताउनु भयो ।

त्रिवेणी साहित्य प्रतिष्ठान, कलावती आर्ट काउन्सील र WE द आर्टिस्ट संयुक्त आयोजनामा भैरहेको आत्मदीपन नामक सामुहिक चित्रकला प्रर्दशनी आउदो २२ गतेसम्म जारी रहने छ ।१७ चित्रकारका ५० चित्र प्रदर्शनीमा छन । प्रदर्शनीमा राखिएका चित्र न्यूनतम १० हजारदेखि ६० हजार रुपैयाँसम्मका रहेको आयोजकले जनाएको छ । प्रद्रशनीमा वरिष्ठ साहित्यकार एवंम् चित्रकार गोविन्दराज विनोदी, चित्रकार भिम प्रसाद शर्मा , डि बराल लगायतका चित्रकारहरुका प्रतिभा राखिएकाे छ ।

कलाकार, साहित्यकार, रचनाकार सबैलाई किसानले अभिभावकीय रुपमा स्थान दिने भन्दै किसान ग्यालरीमा आगामी दिनमा समेत विभिन्न खालका कार्यक्रमहरु निरन्तर रुपमा गरिने किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नविन सापकोटाले बताउनुभयो ।
किसान ग्यालरीको हल प्रयोग गरे वापत आयोजकले किसानलाई कुनैपनि शुल्क तिर्न नपर्ने उहाँले बताउनु भयो । सेवा भावले हामिले यहाँ हुने विभिन्न प्रर्दशनीका कार्यक्रमहरु निशुल्क हुने व्यवस्था मिलाएका छौ प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो ।

किसान ग्यालरीमा साहित्य र श्रृजनाका अतिरिक्त किसानहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुको समेत प्रर्दशनीको तयारी भैरहेको छ । किसान साकोसका कोषाध्यक्ष एवंम लघुवित्त कार्यक्रमका संयाेजक प्रेम सापकोटाले केहिदिन पछिनै किसानले उत्दापन गरेका वस्तु तथा सेवाहरुको प्रर्दशनी गरिने योजना रहेको उज्यालोलाई सुनाउनु भयो । विभिन्न प्रकारका खाद्य सामाग्रीहरुको प्रर्दशनी गरि किसानको उत्पादनलाई उपभोक्ताको हातसम्म पुर्याउने उदेश्यले कार्यक्रमको तयारी भैरहेको उहाँले बताउनुभयो ।

सहकारीका सातवटा सिद्धान्तहरु मध्ये समुदाय प्रति चासाे भन्ने सिद्धान्त बाट अभिप्रेरित भै किसान बचत तथा ऋण सहकारी संस्थाले लामाे समयदेखि विभिन्न सामाजिक गतिविधिहरुलाई अगाडी बढाउदै आईरहेकाे छ ।

 

तपाईको प्रतिक्रिया