गैँडाकोट । काठमान्डौबाट पोखरा जान आउँदै गरेको कार चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट  गएराति १२ वजे त्रिशुली नदीमा खस्दा तीनजना वेपत्ता भएका छन् ।
ग.२ च ४९१८ नम्मरको कार अनियन्त्रीत भै सडकबाट करिव ३०।३५ मिटर तल त्रिशुली नदीमा खस्दा चालक सहित तीनजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोहि स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीय ईश्वरी भुजेल रहेका छन् ।

तपाईको प्रतिक्रिया