×

काठमाडौं । गत असार १८ गतेदेखि नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित छन् । आन्दोलनका कारण राष्ट्रिय ध्वजाबाहक कम्पनीको काम प्रभावित बन्नुका साथै चरम विकृति पनि शुरु भएको छ ।

कर्मचारीको आन्दोलनका कारण सञ्चालक समितिको बैठक बस्न सकेको छैन । जसले गर्दा चालु आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नसक्दा नेपाल एयरलाइन्समा १३ सयभन्दा बढी कर्मचारीको तलव भत्ता रोकिएको छ ।

निगमलाई कम्पनी मोडलमा लैजान अघिल्लो सरकारले शुरु गरेको प्रक्रियाको विरोधमा आन्दोलन थालेका कर्मचारीको आन्दोलन रोक्न वर्तमान सरकारले कुनै पहल गरेको छैन । साथमा विभागीय मन्त्री समेत नभएका कारण समस्या झनै चर्किएको छ ।

महाप्रवन्धक डिम प्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी बुधबार निगमका निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई कोठाभित्र थुनेर निगमको कोष अनाधिकृत खर्च गर्न पाउने गरी जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप लगाएका छन् । यसले निगमको संगठनात्मक पद्धति, अनुशासन र संस्थागत सुशासनमै प्रश्न उठेको उनको भनाइ छ । कर्मचारीको आन्दोलनका बाबजुत दशैं अगाडि नै नियमसंगत ढंगले तलव भत्ता दिने पहल भइरहेको समयमा यस्तो गतिविधि भएको समेत उनले बताएका छन् ।

उनले भनेका छन्, ‘बजेट पारित गर्न नदिएको अवस्थामा कसरी तलव भुक्तानी गर्न सकिन्छ भन्ने विषयमा तालुक मन्त्रालयमा छलफल गरी नीतिगत सहमति लिई दशैं अगाडि नै वितरण गर्ने तयारी थियो ।’

कर्मचारीको आन्दोलनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवा विस्तारको काम अवरुद्ध भएको उनले बताएका छन् ।

सरकारले निगमलाई निजीकरण गर्ने कुनै योजना नरहेको बताइरहेका समयमा पनि कर्मचारीले निरन्तर गरिरहेको अवरोधलाई चिर्न कुनै कदम चाल्न सकेको छैन

तपाईको प्रतिक्रिया