×

बुटवल । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुवँरले बताए ।पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको थियो ।

 

तपाईको प्रतिक्रिया