नवलपुर  – जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु  भएकाे छ । १२ औं जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु भएकाे केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । यसअघि भर्ना गरिएका सुपरिवेक्षक खटिएका र कतै कतै वैकल्पिक व्यवस्था मिलाएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ । यसका साथै घरको प्रकार, तला तथा संख्या, पालिएका गाईबस्तुको संख्या समेत लिइनेछ ।

घरपरिवारको बैंक खाता रहेरनरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिएरनलिएकोलगायतका विवरण समेत समेटिने उपमहानिर्देशक रेग्मीले बताउनुभयो । सूचीकरणको काम आउँदो असोज १८ गतेभित्र सक्ने तयारी छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ । नवलपुरमा ११० जना सुपरिवेक्षकहरु फिल्डमा खटिएका छन । जनगणना कार्यालयले जनाए अनुसार सबैभन्दा बढी कावासाेती नगरपालिकामा २७ जना र सबैभन्दा कम बाैदीकाली गाउँपालिकामा ५ जना सुपरिवेक्षकहरु खटिएका छन ।

तपाईको प्रतिक्रिया