काठमाडौं । नेपालमा विगत २४ घण्टामा ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा पीसीआर विधिबाट कुल १ हजार १४९ जना र एन्टीजेन परिक्षण विधिबाट ३३७ जना गरि कुल १ हजार ४८६ जना संक्रमित थपिएको हो ।

सो अवधिमा १ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुने प्रतिशत ९५ दशमलव २ रहेको मन्त्रालयले बताएको छ ।देशभर हाल २६२ जना क्वारेन्टाइनमा रहेका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । मन्त्रालयका अनुसार अहिले देशभर संस्थागत आईसोलेशनमा १ हजार ६७२ जना रहेका छन् भने होम आईसोलेशनमा २४ हजार ९५८ जना रहेका छन् ।

त्यसैगरी मुलुकका विभिन्न अस्पतालमा कोरोनाका ४७५ जना संक्रमितको आईसीयूमा उपचाररतरहेका मध्ये १३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । विगत २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १० हजार ९६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया