नवलपुर।नेकपा एमालेको युवा संगठन राष्टिय युवासंघ नेपाल र विद्यार्थी संगठन अनरास्वियूले नवलपुरमा आज साँझ सभामुखको पुत्ला दहन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिकामा सभामुख अग्नी प्रसाद सापकोटाको पुत्ला दहन गरिएको हो ।

राष्टियतालाई कमजोर बनाउँदै एमसीसी पारित गराउनका लागि सभामुखले गम्भिर षडयन्त्र गरेको भन्दै युवासंघले सभामुखको पुत्ला दहन गरेको राष्टिय युवासंघ नेपाल गैँडाकोट नगर कमिटिका अध्यक्ष विनोद कंडेलले जानकारी दिए । गैँडाकोट नगरपालिका कार्यालय अगाडी भएको विरोध कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र बर्तमान गठबन्धन सरकारका विरुद्ध युवा विद्यार्थीहरुले चर्को नाराबाजी समेत गरेका थिए ।

तुईनबाट बेपत्ता भएका जयसिहं धामीको परिवारलाई न्याय दिन नसकेको भन्दै युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेलले सकारकारको चर्को आलोचना गरे । उनले सभामुख अग्नी प्रसाद सापकोटाले पदीय मर्यादा भुलेर माओवादीको कार्यकर्ता बनेर सदनमा प्रस्तुत हुनु निकै दुखद भएको बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य कमल तिवारीले लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरु एकजुट हुनुपर्ने बताए । सभामुख अग्नी सापकोटाले सदनमा नेकपा एमालेलाई पेलेरै अगाडी जाने रणनिति तय गरेपछि नेकपा एमालेले देशैभरी त्यसको चर्को विरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया