नवलपुर । यातायात व्यवस्था कार्यालय कावासाेती नवलपुरले  सवारी चालक अनुमति पत्रको सेवा सुरु गरेको छ । भदौ २५ गते लिखित परीक्षा र भदौ २७ गतेदेखि ट्रायलको परीक्षा खुल्ला गरेको आज सूचना जारी गरी जानकारी दिएको छ ।

निमित्त कार्यालय प्रमुख ज्ञानप्रसाद भुषालद्धारा जारी सूचनामा वैशाख १२ देखि वैशाख १५ गते बुधवार सम्म बायोमेट्रिक लिइएका वर्ग ए मोटरसाइकल, स्कुटर, कार जीप र डे भ्यानमा फारम फरेकाहरुलाई भदौ २५ गते लिखित परीक्षा लिइने उल्लेख छ ।

भानुचोक स्थित अक्सफोर्ड ट्रायल सेन्टरमा शुक्रवार परीक्षा हुने कार्यालयले जनाएकाे छ ।  काेराेना भाईरस (काेभिड १९) महामारीलाई ध्यान दिदै एक पटकमा ५० जना मात्रै परीक्षाहलमा प्रवेश गराईने कार्यालयकाे सूचनामा उल्लेख छ ।

वैशाख ९ गते लिखित परीक्षा उत्तीर्ण गरेकाहरु मध्य कार जीप,डेलिभरी भ्यानमा फारम भरेकाहरुले भदौ २७ गते, मोटरसाइकलका लागि भदौ २८ र स्कुटरका लागि भदौ २९ गते ट्रायल दिन पाउने गरी सूचना जारी गरेको छ।

तपाईको प्रतिक्रिया