नवलपुर । नवलपरासीको वर्दघाट नगरपालिका ४ दाउन्नेको वाँसघारी र खुर्सानी खोलामा खसेको पहिरोका कारण अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।आज अपरान्ह साढे ४ वजेबाट अवरुद्ध भएको सडक राति ८ वजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले उज्यालो खबरलाई जानकारी दिए ।

तीन चार दिन देखि परेको अबिरल वर्षाका कारण करिब १०० मिटर लामो पहिरो खसेको थियो । दुवै तर्फका सुरक्षा निकायहरुले सडक खुलाउनका लागि पहल गरेका थिए ।एकतर्फी रुपमा सडक सञ्चालन भएको भएपनि अस्तव्यस्त रुपमा छिराइएका ठुला सवारीका कारण यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ । मौसममा प्रतिकुलता नआए राति अवेरसम्म दुईतर्फी नै सडक सञ्चालन हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया