×

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको साधारण सेयर आईपीओ को बाँडफाँड आज ९भदौ ७, सोमबार० निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा अहिले बिहान ८: ३० बजे सम्पन्न भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना योग्य आवेदकलाई समावेश गराइएको थियो । गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका छन् । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन्। बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएको छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया