चितवन । अमेरिकी ब्रान्डको उत्कृष्ट पेय पदार्थ आरसी कोला नेपालमा पनि उत्पादन शुरु भएको छ । कुल ५० करोड लागतमा भेञ्चुरा बोटलर्स प्रालिले मकवानपुरमा उद्योग प्लान्ट स्थापना गरि आरसी कोलाको औपचारिक उत्पादन शुरु गरेको हो ।

हल्का कार्बोनेटेड पेय उत्पादन रुपमा हालैमात्र उत्पादन थालनी गरेको कम्पनीले आइतबारदेखि बजारमा आरसी कोला औपचारिक रुपमै सार्वजनिक गरेको छ । माइट्टी रेन, आर सी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर गरि ६ भेरियन्टमा उपलब्ध आरसी कोला देशैभरिका खुद्रा तथा कोल्ड स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

६७ भन्दा बढी देशमा उपलब्ध आर सी कोलालाई नेपाल भित्र्याई विशुद्ध नेपाली लगानी र परिवेशमा उत्पादन थालनी गरेको कम्पनीले जनाएको छ । यसको उत्पादनका लागि आवश्यक पर्ने कन्सन्ट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने तर अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रणबाट आरसी कोला तयार गरिने कम्पनीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया