काठमाडौं । अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि देशवासीहरु आतंकित बनेका छन् । राजधानी काबुलबाट मानिसहरु भाग्ने सिलसिला तीव्र बनेको छ ।काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।धेरै मानिसहरु देश छोडेर जानका लागि विमानस्थलमा ओइरिएका छन् । तालिवानले विमानस्थलबाट बाहिर जानेहरुलाई अहिलेसम्म कुनै अवरोध गरेको छैन ।

अफगानिस्तानमा रहेका विदेशी नागरिकहरु पनि धमाधम स्वदेश फर्किरहेका छन् । विभिन्न देशहरुले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई जहाज चार्टर्ड गरेर पनि स्वदेश फर्काइरहेका छन् ।धेरै देशले कुटनीतिक नियोग तथा दूतावासहरु खाली गराएर कर्मचारीहरुलाई त्यहाँबाट भगाएका छन् ।समाचारहरुमा जनाइए अनुसार काबुलको सुरक्षामा खटिएका ६ हजार सुरक्षा फौजलाई विमानस्थलको आसपासको क्षेत्रमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया