काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ९ हजार २६३ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० र ४ हजार २५६ ओटा नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।विगत २४ घण्टामा देशभर १ हजार ९१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौं उपत्यकामा ७७५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये काठमाडौं जिल्लामा ५१७ जना, ललितपुर जिल्लामा १६४ जना र भक्तपुर जिल्लामा ९४ जनामा कोरोना पुष्टि भएको छ।काठमाडौं बाहिर सबैभन्दा बढी चितवनमा २३२ जनामा कोरोना संक्रमण देखिएको छ।मन्त्रालयका अनुसार हालसम्म ३९ लाख ३६ हजार ७२४ जनाले कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्र खोप लगाउनको संख्या १७ लाख ४५ हजार ९०३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया