×

चितवन । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा नगरपालिका–५ का सुरज गुरुङ छन्।

गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए । पक्राउ परेका सुरज कारोबारीका मुख्य व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार कोकिन दक्षिण अमेरिकन मुलुकबाट नेपाल तस्करी हुँदै आएको छ । कोकिन निकै महंगो लागुऔषध मानिन्छ। एक किलो कोकिनको झन्डै तीन करोड रूपैयाँ नेपाल बजार हुन आउँछ । ब्युरोले भने औपचारिक रूपमा गुरुङ पक्राउबारे सार्वजनिक गरेको छैन।

आइतबार गुरुङलाई समात्न ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी खटिएको थियो। हेडौडाबाट अन्य केही व्यक्तिहरू पनि पक्राउ परेको ब्युरो स्रोतले जनाएको छ । गुरुङ लागुऔषध कारोबारमा नाम चलेका व्यक्ति हुन् ।

 

तपाईको प्रतिक्रिया