गोविन्द घिमिरे
गैँडाकोट । कारितास नेपाल क्षेत्रीय कार्यालय गैँडाकोटले चितवनको शिवनगर कोभिड अस्पताललाई ६ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले कोभिड अस्पताललाई अक्सीजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सीमिटर ४ थान, सर्जिकल मास्क १४३ पोका, र स्यानेटाईजर ४३ थान सहयोग गरेको हो । यी स्वास्थ्य सामाग्रीको मुल्य ६ लाख १२ हजार ८ सय ८३ रुपैयाँ बराबरको रहेको कारितास नेपालले जनाएको छ ।

कारितास नेपालका क्षेत्रीय प्रमुख शंकर कुमार पौडेलको अध्यक्षता भएको स्वास्थ्य समाग्री हस्तानन्तरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष तथा शिवनगर कोभिड अस्पतालका अध्यक्ष ओमप्रसाद पोखरेल प्रमुख अतिथि र भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिपक सुवेदी विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा कारितास नेपाल क्षेत्रीय कार्यालय गैँडाकाेटका कार्यक्रम संयाेजक प्रतिक्षा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

सो अवसरमा शिवनगर स्वास्थ्य केन्द्रका डा. सागर पौडेल, डा. शैलेस पन्थी, कोभिड अस्पतालका फोकल पर्सन प्रेमराज पौडेल, अधिवक्ता उद्धव लोहनी, लिटल फ्लावर स्कुल नारायणगढका प्रिन्सीपल फादर रोवी , लियोक्लव अफ नारायणगढका अध्यक्ष मोहन प्रसाद तिवारी,    कारितास नेपालका   रिसीकान्त बस्ताकोटी लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया