चितवन । माडीको पाण्डवनगरमा भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको  भालुको आक्रमणमा परी ज्यान गएको हो ।
बुधबार साँझ करीब ७ बजे घरबाट निस्किएका उनी राती घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहीबार बिहान माडी १, द्रौपतिनगरस्थित देउता खोलाको किनारमा शव भेटिएको हो ।
मृतकको बायाँ आँखामाथि ठूलो चोट र बायाँ खुटटा र अन्य ठाउँमा सामान्य चोट लागेको देखिएकाले प्रहरीले भालुको आक्रमणमा परेको निक्र्यौल गरेको हो ।

तपाईको प्रतिक्रिया