चितवन – भरतपुरमा नहरमा डुबेर दुई बालकको मृत्‍यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको नहरमा डुबेर सोही ठाँउका १६ बर्षिय अंकित जोशी र १४ बर्षिय विवेक शर्माको मृत्‍यु भएको हो ।

आज ४ बजेको समयमा क्रिकेट खेली नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेको र उनलाई बचाउन जाने क्रममा अंकित समेत नहरमा डुबी बेपत्ता भएका थिए ।

उनिहरुलाई डुबेको स्थान देखि २०० मिटर पर नहरबाट उद्दार गरी उपचारको लागी भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया