×

चितवन । चितवनमा बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका ११ का भरतराज खनाललाई आज शुक्रबार दिउँसो १ः१५ बजे पक्राउ गरेको हो ।

खनाललाई भरतपुर ९ शरदपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पक्राउ परेका खनाललाई उच्च अदालत पाटनले २०७७ फागुन ३ गते बैंकिङ कसुर मुद्धामा ८ दिन कैद र २२ लाख जरिवाना तोकेको थियो ।

तपाईको प्रतिक्रिया