गोविन्द घिमिरे

नवलपुर । सरकारले आजदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेको भए पनि नवलपुरमा भने केही दिन लाग्ने भएको छ । सम्पूर्ण तयारी पूरा नभएको र खोप पनि आईनसकेका कारण केही दिन समय लाग्ने भएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक बस्ने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती बैठकपछि लक्षित समूह एकिन गरेर मात्रै खोप कार्यक्रम सार्वजनिक गरिने छ । उहाँले उज्यालो खबरलाई भन्नुभयो “खोप आईसकेको छैन, सबै तयारी पूरा गरेपछि मात्रै शुरु गर्छाै ।”

वर्षाको समयले नारायणगढ–मुग्लिन सडकलगायतका सडक खण्डमा समय समयमा अवरोध भईरहेको भन्दै खोप आउन र सम्बन्धित पालिकामा पु¥याउन पनि समय लाग्ने चापागाईको भनाई छ । उहाँले भन्नुभयो “हामी तयारीमा लागेका छौं, जतिसक्दो छिटो खोप शुरु गर्छाै ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सार्वजनिक गरेको थियो । ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको हो ।विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने कार्यक्रम रहेको छ ।

यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरीद गरेको ४० लाख खोप अन्तर्गत असार २४ गते पहिलो चरणमा ८ लाख डोज खोप आएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाइने मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया