गैँडाकोट । नरायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नवलपुर आउने कार्यक्रम स्थगित भएको छ ।मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक गृहजिल्ला नवलपुर आउने कार्यक्रम तय भएको थियो ।

विहान १० वजेदेखि साँझ ७ वजेसम्म जिल्लाका विभिन्न स्थानमा मुख्यमन्त्री पोखरेलका भेटघाट तथा छलफलको कार्यसूचि रहेको थियो ।
मुख्यमन्त्रीका सहयोगी राजेन्द्र उपाध्यायले सडकको अवस्था विग्रेका कारण आजका लागि तय भएको मुख्यमन्त्रीको नवलपुर यात्रा र सबै कार्यक्रमहरु स्थगित गरिएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया