काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले आफ्ना कार्यकर्ताहरु १० दिनभित्र रिहा गर्न सरकारसँग माग गरेको छ ।आइतबार नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ताका क्रममा कार्यकर्ता रिहा गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु बालुवाटार पुगेका थिए ।सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
१० दिनभित्र आफ्ना कार्यकर्ताहरु रिहा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको र प्रधानमन्त्री सकारात्मक बनेको भन्दै उनले भने, ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं’ उनले भने, ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’