×

काठमाडौं । नेकपा एमालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन आफ्ना २३ जना निवर्तमान सांसदलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन बैठकले निर्देशन दिएको हो । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै खनाल–नेपाल समूहका २३ जना सांसदसहित विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका छन् । रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

तपाईको प्रतिक्रिया