काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्पूर्ण वामपन्थी लोकतान्त्रिक र परिवर्तनकारी शक्ति एक हुन आह्वान गरेका छन् । एकतावद्ध पार्टी र आन्दोलन बनाउन सबै लाग्नुपर्नेमा उनको जोड छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै नपालले भनेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी ९नेकपा० साथै नेकपा ९एमाले० लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन् ।’

सरकार र पार्टीको पदको दुरुपयाग गरेर पटक(पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्याउने उनको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया