सुस्मा न्याैपाने 

गैँडाकोट । पूर्वि नवलपरासीमा असार ११ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि असार ७ गते (सोमबार) राति १२ वजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जिल्लावासीको स्वास्थ्यलाई ख्याल गर्दै व्यवसायीहरु समेतको सुुझावका आधारमा असार ११ गते राति १२ वजेसम्म निषेधाज्ञा थप गरिएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार असार ११ गतेसम्म थप गरिएको निषेधाज्ञा यसअघिकै जस्तो हुने बताउनुुभयो । असार ११ गतेपछि भने लकडाउनलाई क्रमशः हटाइदै लगिने उहाँको भनाई छ । असार ११ गतेसम्म जिल्लाका व्यवसायीहरुको एन्टीजेन परिक्षण गरिने गर्ने नीर्णय भएको छ ।

तपाईको प्रतिक्रिया