नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशबासीको स्वास्थ्य सुरक्षा प्रमुख प्राथामिकता रहेको बताउनुभएको छ । पतंजली योग समिति गण्डकी प्रदेशद्वारा सातौं विश्व योग दिवसको अवसरमा आयोजित भर्चुवल योग शिविरको उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले कोभिड–१९ महामारी, बाढी, पहिरो लगायत विभिन्न विपदबाट नागरिकको जिउधन सुरक्षाप्रति सरकार गम्भिर रहेको बताउनुभयो ।
उहांले आयुर्वेद, योग र प्राकृतिक उपचार जस्ता पुर्वीय चिकित्सा पद्वतीको प्रवद्र्वन आवश्यक रहेकोले प्रदेश सरकारले यस विषयमा अध्यायन, अध्यापन गराउने नीति लिएको जानकारी दिनुभयो ।
औधषीजन्य वहुमुल्य जडीवुटीहरुको संरक्षण, व्यवसायिक उत्पादनमा विशेष प्रोत्साहन कार्यक्रम ल्याएको छ मुख्यमन्त्री नेपाली भन्नुभयो– बैदिक अस्तापाल सञ्चालन र जडिवुटी प्रशोधन उद्योगहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम छ ।
योग, ध्यानको माध्यमबाट स्वस्थ नागरिक, असल समाज निर्माण टेवा पुग्ने भएकाले यसको प्रवद्र्वन गर्न सरकार प्रतिवद्व रहेको उहांको भनाई छ । जेष्ठ नागरिकका लागि दिवा संरक्षण सेवा, विशेष उपचार सेवा, ध्यान योगा, सत्संग गराउन सघाउने मुख्यमन्त्री नेपालीले जानकारी दिनुभयो ।
उहांले योग ध्यानको लोकप्रियतासंगै संयुक्त राष्ट्र संघले समेत मान्यता दिनु आफैंमा महत्वपुर्ण उपलब्ध रहेको भन्दै यस अभियानमा लाग्नुहुने सम्पूर्ण योग अभियान्ताहरुलाई धन्यवाद ज्ञापन सहित आगामी दिनमा निरन्तरता र थप विस्तार गर्न आग्रह गर्नुभयो ।
पतंजली योग समिति नेपालका केन्द्रिय प्रभावरी लभदेव मिश्रले गण्डकी सरकारले योग, बैदिक र प्राकृतिक उपचार पद्वतिलाई प्रोत्साहन गर्ने उदाहरणीय कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सप्ताह व्यापी भर्चुवल योग शिविरको उदघाटन समारोहमा देश भरिका छ सय बढी योग प्रशिक्षक, अभियान्ता, जनप्रतिनीधि, निजामति कर्मचारी तथा सर्वसाधरणको सहभागीता रहेको थियो । पतंजली योग समिति नेपाल गण्डकी प्रदेश अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रम महामन्त्री गणेश आचार्यले सहजिकरण गर्नुभएको थियो । समितिले अघिल्लो लकडाउन देखि नै भर्चुवल माध्यमबाट दैनिक ध्यान, योग शिविर, प्रशिक्षक प्रशिक्षण, विज्ञहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया