×

सुस्मा न्याैपाने 

नवलपुर । अविरल वर्षापछि बौदीखोलामा आएको बाढीले पूर्वि नवलपरासीको बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ।बौदीकाली गाउँपालिकाको शेरामा वडा नं. १ र २ जोड्नको लागि निर्माणाधीन अवस्थामा रहेको पुलको स्यालाव र विम बगाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जिल्ला सदरमुकाम सँग जोड्नको लागि बन्दै गरेको पुलको फलामे संरचना बाढीले बगाएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।
प्रदेश सरकारको  बजेटमा ३ करोड पचास लाखकाे  लागतमा निर्माण गर्न लागिएको सो पुलको भोली ढलान गर्ने योजना थियो । खोलामा आएको बाढीले ढलानको लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौको नोक्सानी भएको छ ।
यसैगरी अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण बौदीकाली वडा नं. ४ घिरिङ गाउँपालिका वडा नं. ४ जोड्ने पक्की पुल जोखिममा परेको छ ।
बौदीकाली क्षेत्रको जमिननको केहि भाग दवेको छ भने घिरिङ तर्फ पुलको सर्पोटिङ ग्याविन बगाएको छ । जसका कारण सो पुल भएर हिड्ने सवै यातायातका साधन रोकिएका छन् ।

तस्विर : प्रदिपचन्द्र सुवेदी प्रमुख प्रशासकीय अधिकृत बौदीकाली गाउँपालिका 

 

तपाईको प्रतिक्रिया