×

चितवन । चितवनका विभिन्न ठाउँमा आज शनिबार चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युत्का पोलहरु सार्ने काम भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको भरतपुर–२ र औद्योगिक फिडर–१ अन्तरगतका स्थानहरुमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । यदि तोकिएकै समय भन्दा पहिले काम सम्पन्न भए छिट्टै विद्युत् सुचारु हुने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया