गोविन्द घिमिरे
चितवन । चितवनको कालिका नगरपालिकाले कोरोना भाईरस (कोभिड१९) बाट संक्रमित भै होम आइसोलेसनमा बसीरहेकाहरुको लागि निशुल्क एक्सरे को ब्यवस्था गरेको छ ।होम आइसोलेसनमा बसिरहेकाहरु मध्ये छातिमा समस्या महसुस भएको खण्डमा निशुुल्क रुपमा एक्सरे जाँच गराउन सक्ने प्रवन्ध मिलाएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो ।
कालिका नगर अस्पताल खोलेसिमलमा आईतवार देखि विहिवार दिउसो ३ वजेदेखि ४ वजेसम्मका लागि कोभिड संक्रमित विरामीहरुको एक्सरे गर्नको लागि समय छुट्याइएको उहाँले बताउनु भयो ।एक्सरे गर्न आँउदा कोरोना पोजेटिभ भएको रिर्पोट र स्वास्थ्य विमा गराएकाहरुले विमा कार्ड लिएर आउन समेत नगरपालिकाले आग्रह गरेको छ ।
कोरोना संक्रमित भै होम आइसोलेसमा रहँदा छातिमा संक्रमण भै गम्भिर समस्या उत्पन्न हुन सक्ने तर्फ चनाखो हुँदै नगरपालिकाले एक्सरे परिक्षण गर्ने तयारी गरेको हो ।कोरोना कहरको दोस्रो चरणमा कालिका नगरपालिकाभर १२९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जनाले उपचारको क्रममा ज्यान गुमाएका छन ।