×

गाेविन्द घिमिरे 

चितवन । कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई ध्यानमा राख्दै चितवनको कालिका नगरपालिकाले अक्सिजन सहित २० शय्याकाे आइसोलेसन तयार पारेको छ । कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि नगरवासीको उपचारमा सहजता होस भन्ने उदेश्यले आइसोलेसन तयार गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाको खोलेसिमलमा रहेको कालिका नगर अस्पतालमा आइसोलेसन तयार पारिएको हो । कोभिड संक्रमणको दर बढ्दै गएपछि उपचारको अभावमा नगरवासीले समस्या झेल्नु नपरोस भनेर नै अक्सिजन सहितको आइसोलेसन तयार पारिएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।उपचारको अभावमा कोहि नगरवासी समस्यामा पर्नुहुदैन भन्ने मेरो मान्यता हो उहाँले भन्नुभयो : महामारीको बेला स्वास्थ्यलाई प्राथमिकतामा राखेर हामि अगाडी बढिरहेका छौ ।

बैशाख ३१ गतेबाट सञ्चालनमा आएको सो आईसोलेसनमा हाल ५ जना कोरोना संक्रमित भएकाहरुको उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले बताउनु भयो । आईसोलेसनमा रहेका सवै पाँचै जनालाई नियमित रुपमा अक्सिजन सहित उपचार भैरहेको उहाको भनाई छ । कोरोना संक्रमितहरुको उपचारको लागि एकजना मेडिकल अफिसर सहित चारजना स्वास्थ्यकर्मीको टोलि खटिएका छन् ।

कोरोना कहरको दोस्रो लहर सुरु भएयता कालिका नगरपालिकामा २ जनाको मृत्यु भएको छ । नगरपालिका भित्र हालसम्म १२९ जना सकृय संक्रमित रहेका छन ।यसैविच कालिका नगरपालिकाले कोरोना संक्रमितमको लागि निशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको छ । स्वास्थ्य शाखाका प्रमुख दिपक भण्डारीले कोरोना संक्रमित विरामीहरुका लागि नगरले निशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएको बताउनुभयो । स्वास्थ्य सम्वन्धि कुनै समस्या भै अस्पताल जानु परेमा ९८४५४३२१३५ (एम्बुलेन्स चालक) लाई जतिवेला पनि सम्र्पक गर्न सकिने जानकारी दिनुभयो ।

नगर अस्पतालकाे आईसाेलेसनमा रहेका विरामीहरुकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिदै नगर प्रमुख श्रेष्ठ सहितकाे टाेलि । 

तपाईको प्रतिक्रिया