Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नवलपुरमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कावासोतीका पुरुष र दुम्किवास घर भएकि महिलाको ज्यान गएको हो । कावासोती नगरपालिका वडा नं. ११ का उपचारको क्रममा बुटवलमा आज विहान मृत्यु भएको हो ।

बुटवलको ग्रीनसिटि अस्पतालमा उनको मृत्यु भएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ । बैशाख ३० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि परिवारले उनलाई बुटवल लगेका थिए ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ कि ४४ वर्षीया महिलाको मध्यविन्दु जिल्ला अस्पतालमा गएराति मृत्यु भएको छ ।हिजो अपरान्ह ४ वजे अस्पताल भर्ना भएकि उनको राति ९: ४० वजे ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । उनि मृगौला र कलेजको रोगबाट रहेको र कोभिड निमोनिया समेत देखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया