काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिसभाका सांसद महेश बस्नेतले सत्ता स्वार्थी दल तथा तिनका नेताहरुको सपना प्रधानमन्त्री केपी शर्मा ओलीले तुहाइदिनुभएका कारण र सत्ता आफ्नो पक्षमा पार्न नसकेका सत्ता पिपासुको छटपटाहट शुरु भएको बताउनभुएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का बहुमत सांसदहरुले भक्तपुरको एक रिसोर्टमा बसी राजेन्द्र महतोलाई दलको नेता चयन गरेको विषयलाई लिएर कतिपय मिडियाहरुले सांसद बस्नेतप्रति नकरात्मक दृष्टिकोण राखेको प्रति उहाँले कडा रुपमा खण्डन गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रको रिर्सोटमा आई जसपाले एक ऐतिहासिक निर्णय गरेकोमा धन्यवाद दिँदै सांसद बस्नेतले बिगतमा एमाले, माओवादी, कांग्रेस लगाएतका दलहरुले पनि कतिपय महत्त्वपूर्ण बैठकहरु विभिन्न होटल, रिसोर्टहरुमा गर्दै आएको प्रचलन नेपालको राजनीतिमा सामान्य नै भएको बताउनुभयो ।
उक्त कुरालाई कतिपय पालित पोषित मिडिया र परिचालीत सोसल मिडियाका लाउकेहरुले यो विषयलाई अनावश्यक उचाल्न खोजेको उल्लेख गर्दै सांसद बस्नेतले प्रधानमन्त्री केपी ओलीको बहिर्गमनमा आफ्नो भबिष्य देखेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेहादुर देउवा, नेता रामचन्द्र जसपाका नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, माओवादीको नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको सपना तुहिएको कारण र सत्ता आफ्नो पक्षमा पार्न नसकेका सत्ता पिपासुको छटपटाहट हो भन्ने स्पष्ट रहेको बताउनुभयो । आफ्नो स्वार्थ पुरा हुन नसक्दा अरुलाई अनावश्यक आरोप लगाउनु गैरराजनीतिक क्रियाकलाप भएको उल्लेख गर्दै उहाँले आम नेपाली जनताहरुलाई उक्त समूहले गरिरहेको हल्लाको पछाडी नलाग्न आग्रह समेत गर्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आदरणीय नेता राजेन्द्र महतो जनता समाजवादी पार्टीको संसदीय दलको नेता हुनु भएकोमा हार्दिक बधाई ब्यक्त गर्दछु । उहाँहरुको पार्टीको बैठक भक्तपुरमा बसेर यो ऐतिहासीक निर्णय गर्नु भएकोमा भक्तपुर बासीको निमित्त खुसिको कुरा हो । बिगतमा एमाले, माओवादी, कांग्रेस लगाएतका दलहरुले पनि कतिपय महत्त्वपूर्ण बैठकहरु विभिन्न होटल, रिसोर्टहरुमा गर्दै आएको प्रचलन नेपालको राजनीतिमा सामान्य नै हो । कतिपय पालित पोषित मिडिया र परिचालीत सोसल मिडियाका लाउकेहरुले यो विषयलाई अनावश्यक उचाल्न खोजेका छन् । हामी स्पष्ट छौ । केपी ओलीको बहिर्गमनमा आफ्नो भबिष्य देखेका प्रचण्ड, देउववा, बाबुराम, रामचन्द्र, उपेन्द्र, नारायणकाजीहरुको सपना तुहिएको कारण र सत्ता आफ्नो पक्षमा पार्न नसकेका सत्ता पिपासुको छटपटाहट हो भन्ने स्पष्ट छ । तसर्थ कोही भ्रममा नपरौं । अतिथि देबोभब भन्ने हाम्रो मान्यताका आधारमा भक्तपुरमा उहाँहरुलाई स्वागत गरिएको हो । कसैको स्याल हुँइयाले दाल गल्ने वाला छैन ।’