Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

 

चितवन मेडिकल कलेजमा गत २४ घण्टामा ११ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

कलेजले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतकहरुमा पाँच पुरुष र ६ महिला रहेका छन् । त्यसैगरी अस्पतालको आईसीयूमा १४८ र भेन्टिलेटरमा ३४ बिरामीको उपचार भइरहेको छ ।

विगत २४ घण्टामा १५ जना बिरामी डिस्चार्ज भएको अस्पतालले जनाएको छ । आजसम्म अस्पतालमा ११२ जनाको मृत्यु भएको छ भने ३५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । विगत २४ घण्टामा २४ जना नयाँ बिरामी उपचारको लागि अस्पताल भर्ना भएको कलेजले जनाएको छ ।

तपाईको प्रतिक्रिया