Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । अवैध लागुऔषध गाँजा सहित चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ६ मुडाभार बस्ने २५ वर्षका चेत बहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका डिएसपी सरोज गिरीले घर्ती मगरको साथबाट ७ किलो २०० ग्राम गाँजा बरामद गरिएको जानकारी दिए । लागु औषध गाँजा बेचबिखन गरेको भन्ने सुचना प्राप्त भएपछि प्रहरी अधिकृत सहितको टोलीले उनकै कोठाबाट गाँजा बरामद गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया