काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ ।तीन वर्षपछि दोस्रोपल्ट प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहणका लागि राष्ट्रपति भवल शीतल निवासमा तयारी भइरहेको छ ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अवेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने र केहि मन्त्रीहरुले सपथ गराइने बताइएको छ ।

तपाईको प्रतिक्रिया