Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं  । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ ।

यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिरहेको छ । सांसदहरुको राजीनामा नेता नेपालकै खल्तीमा रहेको बताइएको छ ।

बिहीबारको कार्यालय समय अपरान्ह ५ बजे सकिएसँगै संसद सचिवालयका कर्मचारीहरु कार्यालय बन्द गरेर घरतिर हिँडेका छन् ।

 

तपाईको प्रतिक्रिया