Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

भरतपुर । चितवनमा आज एकै दिन विभिन्न अस्पतालहरुमा ११ कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र कलेज अफ मेडिकल साइन्सेस मा ३ जनाको मृत्यु भएको हो ।

विगत २४ घण्टामा विभिन्न अस्पतालहरुमा ४२ जना डिस्चार्ज भएका छन् भने आईसीयूमा २४८ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४५५ जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।

तपाईको प्रतिक्रिया