Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । चितवनको भरतपुर अस्पतालमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र नवलपरासी सुस्ता पूर्व गैंडाकोटका एक जना रहेका छन् ।

अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरि गयराति चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलाका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ५ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार राति ९ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार मात्रै कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा राखेर उपचार थालिएको थियो ।

तपाईको प्रतिक्रिया