Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीमा शुक्रबार (आज) मात्रै कोरोना भाईरस का कारण तीन जनाको मृत्युु भएको छ । जिल्लाको कावासोती नगरपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
कावासोती नगरपालिका वडा नं. ८ कि ५२ वर्षीया महिला र वडा २ का ५८ वर्षका पुरुषको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्युभएको स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो ।
त्यसैगरी मध्यविन्दु नगरपालिका वडा नं. १२ का ७० वर्षीय पुरुषको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएकाेछ । बैसाख २२ गते अस्पताल भर्ना भएका उनमा सोहि दिन कोरोना पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचाररत उनको आज विहान पौने ७ वजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया