
चितवन । चितवनका थप ८६ जनामा कोरोना भाइरस ९कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका ८६ जनासहित ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै ७२ जना रहेका छन् । जसमध्ये ३८ जना पुरुष र ३४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ९० वर्ष उमेर समूहका रहेका छन् ।
यस्तै रत्ननगर नगरपालिकाका ८, खैरहनीका १ र कालिका नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।