Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । चितवनमा थप सात जनासहित देशभर ५५९ जनामा कोरोना संक्रमण भएको छ ।जनस्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुरमा ६ जना र रत्ननगरमा एक जनालाई कोरोना संक्रमण देखिएको हो । योसँगै आजसम्म चितवनमा संक्रमितको संख्या ६ हजार ९७९ पुगेको छ भने अहिलेसम्म कोरोनाको कारणले १११ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी चितवनसहित नेपालमा ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म दुई लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ ।

 

तपाईको प्रतिक्रिया