×

काठमाडौं । प्रतिनिधिसभामा बहुमत जुटाउन निर्णायक बनेको जनता समाजवादी पार्टी ९जसपा० मा गठबन्धन सरकारको नेतृत्व दाबी गर्नुपर्ने मत बलियो देखिएको छ । उनीहरुले ‘आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने’ भन्ने नेपाली कांग्रेसको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

माओवादी केन्द्र र जसपाको एउटा खेमाले सरकारको नेतृत्व लिन निरन्तर आग्रह गर्दा पनि अग्रसरता नदेखाएका कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गराएका थिए ।

त्यही निर्णय लिएर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइतबार जसपा अध्यक्ष महन्थ ठाकुर निवास पुगे । कांग्रेस नेताहरुका अनुसार शुक्रबार नेताहरुबीच भएको छलफलका क्रममा नेता पौडेलले जसपा नेताहरुसँग सहमत गराउन समन्वय गर्ने दाबी गरेका थिए । सभापति देउवाले पनि तपाईंको जिम्मा भयो भनेकाले पौडेल बिहानै हात्तीवनस्थित ठाकुर निवासमा पुगेका थिए ।

भेटमा ठाकुरले गठबन्धन सरकार भन्ने, तर पहिल्यै आफ्नो दलको नेतृत्वमा भनेर निर्णय गर्ने भनेर असन्तुष्टि जनाएका छन् । ठाकुरको आशय गठबन्धन सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहन्छ भन्ने भएको जसपा नेताहरु बताउँछन् ।

जसपा सांसद राजकिशोर यादव सरकारको नेतृत्वमा आफूहरुको दाबी स्वाभाविक मान्छन् । संसदमा कुनै पनि दलको बहुमत नभएको भन्दै उनले भने, ‘जसपाको नेतृत्वमा सरकार एउटा विकल्प हो ।’जसपामा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुरलाई हेरिएको छ ।

यद्यपि पार्टीको औपचारिक बैठक बसेर सरकारको नेतृत्व दावी गर्ने निर्णय भएको छैन । कांग्रेसको नयाँ निर्णयपछि कसरी अगाडि बढ्ने भन्नेबारे अनौपचारिक छलफल चलिरहेको छ । राजधानी बाहिर रहेका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो फर्किएपछि बैठक बस्ने जसपाका नेताहरुले बताए ।

तपाईको प्रतिक्रिया